झापा, बैशाख १४ । भारतबाट मलद्वारमा लागूऔषध लुकाएर ल्याउने भद्रपुरका दुईजना पक्राउ परेका छन् ।

आज बिहान १० बजे भद्रपुर नगरपालिका वडा नं.५ स्थित मेची पुलमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री भद्रपुर नगरपालिका वडा नम्बर १० चन्द्रगढी बजार बस्ने ४३ वर्षीय सन्तोषकुमार काफ्ले र चैतु मन्दिर बस्ने ३६ वर्षीय विजय राजवंशी लागूऔषधसहित पक्राउ परेका हुन् ।

मलद्वारभित्र प्लास्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको ३ ग्राम ६०० मिलिग्राम ब्राउनसुगरसहित उनीहरुलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको थियो । आवश्यक कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको प्रहरीले जनाएको छ ।

त्यस्तै गएराति बिर्तामोडमा गाँजासहित दुईजना पक्राउ परेका छन् । राति १० बजे बिर्तामोड नगरपालिका वडा न.४ बस्ने ३३ वर्षीय रवि दासको घरमा लागूऔषध गाँजा बिक्रीबितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट टोली खटिएको थियो ।

प्लास्टिकमा पोका पारिएको अबस्थामा ६० ग्राम ८ मिलिग्राम गाँजासहित घरधनी रवि दास र पाँचथर हिलिहाङ गाउँपालिका वडा न.१ घर भई हाल बिर्तामोड नगरपालिका वडा न.३ मा डेरा बस्ने ३४ वर्षीय सन्तोष लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्