झापा, बैशाख १४ । इलामको माई नगरपालिकामा अटोको ठक्करबाट स्कुले बालिका गंभीर घाइते भएकी छन् ।

आज बिहान १० बजेतिर माई नगरपालिका ७ स्थित लक्ष्मीबाँधमा पैदल विद्यालय जाँदै गरेकी लक्ष्मीखोला बस्ने टिका मगरकी छोरी ७ वर्षीया टेनिशा मगरलाई बिहीवारेदेखि शुक्रबारे बजारतर्फ जाँदै गरेको मे १ ह ६०१८ नम्बरको अटोले ठक्कर दिएको थियो ।
घाइतेलाई माई अस्पताल शितलीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । अटो प्रहरी चौकी महमाईको नियन्त्रणमा रहेको र अटो चालक माई ६ बस्ने ३० वर्षीय बमबहादुर पाण्डेलाई उपचार गराउन पठाइएको प्रहरीले जनाएको छ ।