झापा,बैशाख १५ । झापाको भद्रपुरमा होटलको स्विमिङ पुलमा डुबेर बालकको मृत्यु भएको छ ।

हिजो साँझ ६.३० बजे भद्रपुर नगरपालिका वडा नम्बर ८ एयरपोर्ट नजिक रहेको होटल उडल्याण्डको स्विमिङ पुलमा भारत किसनगंज झरमगञ्ज टोल बस्ने सचिन गोस्वामी स–परिवार घुम्न आएका थिए ।
उनका छोरा अन्दाजी ८ वर्षीय बिरु गोस्वामी स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका थिए । बालकलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा लगिएकोमा साँझ ६ः५३ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ



