दमक, बैशाख १५ । झापा दमकको नालामा मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ ।

मृतक मोरङ सुन्दरहरैचा नगरपालिका वडा न. १ बस्ने ५० वर्षीय अमर सुनुवार भएको खुल्न आएको हो । उनका आफन्तसंग सम्पर्क भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हिजो बिहान अन्दाजी ६ बजे दमक नगरपालिका वडा न. ४ कृष्ण मन्दिरस्थित कृष्ण माध्यमिक विद्यालयको पर्खालको पूर्वपट्टि नालामा उनी घोप्टो परेको अबस्थामा मृत फेला परेका थिए ।