झापा, बैशाख १५ । संखुवासभाको मकालु गाउँपालिका –३ कालोपातलमा चट्याङले लागेर १७ वटा भैंसी मरेका छन् ।

हिजो दिउँसो १ बजेतिर सोही ठाउँ बस्ने पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीको भैंसीहरु चरिरहेको अवस्थामा अचानक वर्षासंगै परेको चट्याङले १७ वटा भैंसी मरेका हुन् । साँझ ६ः५० बजे इलाका प्रहरी कार्यालय हेदाङनामा जानकारी प्राप्त भएपछि प्रहरी टोली जान लागेको बताइएको छ ।