झापा, बैशाख १५ । चट्याङले लागेर खोटाङमा एकजना महिला गंभीर घाइते भएकी छन् भने तीनवटा घरमा क्षति पुगेको छ ।

गएराति १ बजे खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नं. १० नवलपुरमा वर्षासंगै परेको चट्याङले लागेर ५९ वर्षीया रेणुका राई गंभीर घाइते भएकी हुन् । जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकी उनलाई थप उपचारको लागि टिचिङ अस्पताल काठमाण्डौतर्फ लगिएको छ ।
चट्याङले रेणुका राईको ढुङ्गा माटोले बनेको फुसको छानो लगाएको एकतले घरमा क्षति पुगेको छ । त्यस्तै साही ठाउँ बस्ने खड्गबहादुर राई र पदमबहादुर राईको घरको मिटर बक्समा क्षति पुगेको प्रहरीले जनाएको छ ।