झापा,बैशाख १५ । खाँदबारी नगरपालिका ९ तुम्लिङटारबाट हिलेतर्फ जाँदै गरेको जीप अरुण नदीमा खसेको छ ।

घटनास्थल पुगेका डीएसपी दक्षकुमार बस्नेतका अनुसार जीप धनकुटातर्फ जाँदै थियो । उनका अनुसार सोमबार दिउँसो पौने ३ बजे धर्मदेवी नगरपालिका–८ सुर्तीबारीमा पैदलयात्रीलाई ठक्कर दिएपछि गाडी अनियन्त्रित भएको थियो ।
गाडी अरुण नदीमा डुबिसकेको छ । गाडीमा सवार तीन जनाको उद्धार गरिएको उनले बताए । कति नम्बरको, कहाँको गाडी भन्ने अझै पत्ता लाग्न नसकेको उनले बताए । दुर्घटनाका बारेमा विस्तृत विवरण आइसकेको छैन ।



