झापा, बैशाख १६ । झापाको बिर्तामोडमा दिनदहाडै ढोका फोरी २९ लाख बराबरको धनमाल चोरी भएको छ ।

हिजो दिउँसो बिर्तामोड नगरपालिका वडा न.४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरमा कोही नभएको बेला दुईतले घरको पहिलो तलाको मुल ढोकाको चाबी फुटाई चोरी भएको हो ।

दराजमा रहेको नगद ७० हजार , सुनको ढिक अन्दाजी ५ तोला,सुनको हातमा लगाउने ब्रासलेट १ थान,सुनको सिक्री थान २ गरी जम्मा ५ तोला , औठी थान २, चन्द्रमा ४ आनी ,सुनको हार ५ तोला ४ आनी गरी जम्मा सुन १५ तोला ४ आनी गरी अन्दाजी २९ लाख बराबरको चोरी भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्