झापा, बैशाख १६ । घरायसी विषयमा विवाद हुँदा झापाको कन्काई नगरपालिकामा एक युवकले आफ्नै दाजु , भाउजु र भतिजामाथि वियरको बोतल प्रहार गरी घाइते बनाएका छन् ।

गएराति अन्दाजी १० बजे कन्काई नगरपालिका वडा नम्बर ३ सुरुङ्गा बस्ने ३० वर्षीय प्रविण शर्माले मादक पदार्थ सेवन गरी घरायसी विषयमा विवाद हुँदा आफ्नै दाई ३७ वर्षीय नविन शर्मालाई टाउकोमा बियरको बोतलले हानेका थिए । उनले सोही फुटेको बोतलले दाईको पेटमा र बाँया कुममा समेत प्रहार गरेका थिए । त्यस्तै भाउजु ३२ वर्षीया ज्योति शर्मा र भतिजा ११ वर्षीय आरएन शर्मामाथि पनि प्रहार गरेका छन् ।

तीनै जना घाइतेको कन्काई नगर अस्पताल सुरुङगामा उपचार भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको कमाण्डमा प्रहरी टोली खटिएर कुटपिट गर्ने प्रविण शर्मालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्