झापा, बैशाख १७ । श्रीमतीसंग झगडा हुँदा अर्जुनधाराका एक व्यक्तिले ब्लेडले आफ्नै घाँटी काटेका छन् । 

गएराति ९ः३० बजेतिर अर्जुनधारा नगरपालिका वडा न.८ नारायण चौक बस्ने २१ वर्षीय दिपक टुडूले घरमा श्रीमतीसंग झगडा हुँदा ब्लेडले आफ्नै घाँटी काटेका हुन् ।

घाइते टुडूलाई बिर्तामोडस्थित मनमोहन अस्पतालमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । उनको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्