झापा, बैशाख १८ । सुनसरीको धरानमा मादक पदार्थ सेवन गरी दुई महिलाबीच खुकुरी हानाहान भएको छ ।

खुकुरी हानाहानबाट दुवै महिला घाइते भएका छन् । आज बिहान १०ः१५ बजे धरान– ६ पानबारी बस्ने ३४ वर्षीया अञ्जना राई र सोही ठाउँ बस्ने ३८ वर्षीया माया राईले मादक पदार्थ सेवन गरी एकआपसमा सामान्य विवाद गरेका थिए । त्यसक्रममा माया राईले अञ्जना राईको निधारमा खुकुरी प्रहार गर्दा घाइते भई पुनः अञ्जना राईले समेत सोही खुकुरी खोसी माया राईको टाउकोमा प्रहार गरेकी थिइन् ।

दुबै जना घाइते भई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खुकुरी नियन्त्रणमा लिई प्रहरी चौकी पानमारामा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्