झापा, बैशाख १९ । विद्युत सर्ट भई इलाममा आगलागी भएको छ ।

गएराति ८ः३० बजे इलाम नगरपालिका– ३ फुस्रे बस्ने प्रेमबहादुर खड्काको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट खड्काको टिनको छानो र टिनको बेरा भएको एकतले घर र घरभित्र रहेका लत्ताकपडा, काठपात, भाँडावर्तन, खाद्यान्न पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आगो प्रहरी र स्थानीयले राति १० बजे नियन्त्रणमा लिएका थिए । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्