झापा,बैशाख २० । गुल्मीको रेसुङ्गा नगरपालिका–१ का अन्तर्राष्ट्रिय भलिवल खेलाडी ५५ वर्षीय बद्री प्रकाश श्रेष्ठको मृत्यु भएको छ ।

लामो समयदेखि लिभरको समस्याले बिरामी भएका श्रेष्ठको काठमाडौँको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । उनी विसं. २०२७ सालमा जन्मिएका थिए ।
नेपालको तर्फबाट जर्मन र बङ्गलादेश लगायतका देशका भलिवल प्रतियागीता खेलेका श्रेष्ठको श्रीमती र छोराछोरी रहेका छन् ।
श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्यष्टिको तयारी भइरहेको अस्पतालमा रहेका गगन केसीले जानकारी दिए ।
देशकै भलिवल खेलको विकासमा योगदान पु¥याएका श्रेष्ठको निधनले निकै स्तब्ध बनाएको जिल्ला भलिवल संघ गुल्मीका महासचिव नारायण आचार्यले बताए ।