झापा, बैशाख २० । सशस्त्र प्रहरीले अवैधरुपमा काठ ल्याउँदै गरेको ट्रयाक्टरसहित दुईजनालाई पक्राउ गरेको छ ।

गएराति अन्दाजी १०ः५० बजे झापाको कन्काई नगरपालिका –३ सुरुङ्गा पुलमा सशस्त्र प्रहरी बल नेपाल,सुरक्षा बेश शनिश्चरेबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा मे १ त ४९४७ नम्बरको ट्रयाक्टरमा इलामबाट झापातर्फ ल्याउँदै गरेको विलविजक पुरा नभएको अन्दाजी रु २ लाख ५० हजार बराबरको १८० क्यु.फिट चिलाउने जातको गोलिया काठ बरामद गरेको थियो ।

काठसंगै सशस्त्र प्रहरीले ट्रयाक्टर चालक इलाम माई नगरपालिका – ७ बस्ने २२ वर्षीय प्रविन खड्का र सहचालक इलाम माई नगरपालिका– ८ बस्ने १७ वर्षीय दिवस खड्कालाई नियन्त्रणमा लिएको छ ।

काठ र अन्दाजी ७ लाख बराबरको ट्रयाक्टर गरी जम्मा मूल्य ९ लाख ५० हजार बराबरको गोलिया काठ, ट्रयाक्टर र दुवैजनालाई आवश्यक कार्बाहीको लागि आज बिहान कन्काई सब डिभिजन वन कार्यालय सुरुङगामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे.क्वा. झापाका सूचना अधिकारी डीएसपी सुमन पोख्रेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्