दमक , बैशाख २१ । झापाको दमकमा रहेको ढावा होटलमा एक युवती मृत फेला परेकी छन् ।


आज बिहान ११ बजे दमक नगरपालिका वडा न.६ रहेको ढावा होटलमा शिवसताक्षी नगरपालिका वडा न. ११ दुधे बस्ने २४ वर्षीया करिस्मा निरौलाले झुन्डिएर आत्महत्या गरेकी हुन् ।

करिस्मा होटलमा आई कोठा न. १७ मा बसेकी थिइन् ।आज बिहान १० बजेसम्म होटल संचालक युवराज दंगालले बोलाउँदा नबोलेपछि र ढोका समेत नखोलेपछि इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर स्थानीय जनप्रतिनिधि तथा आफन्त समेतको रोहबरमा ढोका फोरी हेर्दा उनले कोठाको सिलिङ फेनमा सलको पासो घाँटीमा लगाई झुन्डिएर आत्महत्या गरेको फेला परेको थियो ।

उनले आत्महत्या गर्नुपर्ने कारण खुलिसकेको छैन । कानुनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।ती महिला विवाहित भएपनि यसअघि नै सम्बन्ध विच्छेद गरिसकेकी बताइएको छ । उनी हालै बैदेशिक रोजगारबाट घर फर्किएकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्