झापा, बैशाख २१ । इलाममा एक २३ वर्षीय युवकले ५८ वर्षीया महिलालाई बलात्कार गरेका छन् ।

गएराति अन्दाजी १२.१५ बजे इलाम देउमाई नगरपालिका .७ हाङदाङ घर भई माई नगरपालिका –१ तीनकुनेमा ज्याला मजदुरी गर्दै हिड्ने २३ वर्षीय पुरपुरे भन्ने विनोद चेम्जोङ लिम्बूले ५८ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरी फरार भएका हुन् ।

घटनाबारे प्रहरी चौकी लोदिया दानाबारीमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्