झापा, बैशाख २१ । पाँचथरमा एक ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने १५ वर्षीय बालक पक्राउ परेका छन् ।

शनिवार साँझ ५ बजे पाँचथर फालेलुङ गाउँपालिका ३ ओखरबोट बस्ने १५ वर्षीय बालकले सोही ठाउँ बस्ने ८ वर्षीया नाबालिकालाई यौन दुर्व्यवहार गरेका थिए ।
बालिकाका आमाले आज जिल्ला प्रहरी कार्यालय पाँचथरमा लिखित जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी टोली खटिएर बालकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई उनलाई बालयौन दुर्व्यवहार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।