झापा, बैशाख २२ । झापाको शिवसताक्षीमा अलकत्राको ट्रकमा आगलागी हुँदा जलेर एकजना घाइते भएका छन् ।

हिजो दिउँसो शिवसताक्षी नगरपालिका वडा नम्बर– ९ चिल्लागढस्थित चिल्लागढ–बैंकडाँडा सडकखण्डमा कालोपत्रे गर्ने क्रममा पार्बती अम्बिका कन्स्ट्रक्सन प्रा.लि. को ना ८ ख १३६४ नम्बरको अलकत्रा बोक्ने ट्रकमा अचानक आगलागी भएको हो । आगलागीबाट ट्रकको पछाडिको भाग जलेर ट्रक नचल्ने अबस्थामा पुगेको छ ।

उक्त आगो निभाउने क्रममा सोही सडकमा काम गर्ने गौरीगंज गाउँपालिका वडा नम्बर ४ बस्ने २५ वर्षीय ओम ताजपुरिया घाइते भएका छन् ।कम्मरमुनि अगाडिको भाग जलेर घाइते भएका ताजपुरियालाई उपचारको लागि ठेकेदार बिरेन्द्र मैनालीले बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरेका थिए । उनलाई थप उपचारको लागि गएराति पारस अस्पताल बिराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।आगलागीबाट अन्दाजी १८ लाख बराबरको क्षति भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्