झापा, बैशाख २२ । प्रहरीले झापाको मेचीनगरबाट अबैध रुपमा सखुवाको काठ नियन्त्रणमा लिएको छ ।

हिजो दिउँसो ४;३० बजे अस्थाई प्रहरी पोष्ट भृकुटीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नम्बर–२ सोताङडाँडामा सखुवाको गोलाई काठको २२ वटा टुना बेवारिसे अबस्थामा राखिरहेको फेला पारेको थियो ।
काठ बरामद गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । कानुनी प्रक्रियाको लागि सो काठ डिभिजन वन कार्यालय झापामा बुझाउने समन्वय भइरहेको छ । उक्त काठको मूल्य र परिमाण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।