झापा , बैशाख २२ । ओखलढुंगामा करेन्ट लागेर एक विद्युत कर्मचारीको मृत्यु भएको छ ।

आज बिहान अन्दाजी १० बजे ओखलढुंगा खिजिदेम्बा ८ रावा टोलमा रहेको सिग्माकोण प्रा.लि. काठमाण्डौको ठेक्कामा रहेको ट्रान्सफर्मरमा चार्ज गर्ने क्रममा उक्त प्रालिको कर्मचारी कैलाली साबिक हसुलिया गा.वि.स. वडा नं. ४ बस्ने ३० वर्षीय बिन्दु चौधरीलाई करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । चौधरीको शव तत्काल सोही ट्रान्सफर्मरमा झुन्डिरहेको प्रहरीले जनाएको छ ।