झापा, बैशाख २२ । झापाको कमल गाउँपालिका वडा न. ५ पाडाजुँगीस्थित पूर्वपश्चिम राजमार्गमा टिपर , कार र मोटरसाइकल एकापसमा ठोक्किँदा चारजना घाइते भएका छन् ।

आज साँझ अन्दाजी ५ बजे दमकबाट पाडाजुँगीतर्फ आउँदै गरेको ना १ क ७६७६ नम्बरको टिपर र विपरित दिशाबाट जाँदै गरेको को १ च ७९६९ नम्बरको कार र कार पछाडी आउँदै गरेको प्र१–०१–०१६ प ४३९२ नम्बरको मोटरसाइकल कारमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा कार चालक धरान उपमहानगरपालिका वडा न. ११ बस्ने ६८ वर्षीय जीवनकुमार विश्वकर्मा (छातीमा चोट सामान्य बोल्न सक्ने मध्यम ), कारमा सवार इटहरी उपमहानगरपालिका वडा न.८ बस्ने ५३ वर्षीय राजु गहतराज (टाउकोमा चोट, दुबै खुट्टा चल्न नसक्ने अबस्थामा सामान्य बोल्न सक्ने मध्यम ),कारमा सवार इटहरी उपमहानगरपालिका वडा न.८ बस्ने ३१ वर्षीय भिम गहतराज (दाहिने खुट्टा भाँच्चिएको अबस्था बोल्न सक्ने मध्यम ) र मोटरसाइकल कमल गाउँपालिका वडा न. ६ बस्ने १८ वर्षीय सोहत भुजेल ( दाहिने खुट्टामा सामान्य चोट अबस्था सामान्य ) रहेका छन् । घाइतेहरुलाई उपचारको लागि निम्स अस्पताल दमक पठाएको छ ।

टिपर चालक मोरङ बेलबारी नगरपालिका वडा न. ११ बस्ने ३२ वर्षीय अरुण कटुवाललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्