झापा, बैशाख २३ । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एक प्रहरी जवानलाई सर्पले टोकेको छ ।

गएराति ११.१० बजे सुकाएको लुगा उठाउन जाँदा प्रहरी जवान मिनराज राहु मगरलाई सर्पले टोकेको हो ।सर्पले बायाँ घुँडामुनि टोकी घाइते भएका मगरलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली भर्ना गरिएको छ ।
प्युठान नोबैनी गाउँपालिका वडा न.८ घर र जिल्ला प्रहरी कार्यालय गुल्मी मातहत दरबन्दी भई मगर हाल जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत रहेका छन् ।