झापा, बैशाख २३ । संघीय सरकारसंगै कोशी प्रदेश सरकारमा समेत सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसबीच खटपट शुरु भएको छ ।

कांग्रेसको समर्थनमा तेस्रो पटक मुख्यमन्त्री बनेका नेकपा एमालेका हिक्मत कार्कीको रवैयाप्रति कांग्रेसको असन्तुष्टि छताछुल्ल भएको हो ।

नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङले मुख्यमन्त्री कार्कीको रवैयाप्रति सामाजिक संजालमै खुलेर विरोध गरेका छन् । उनले एमाले नेतृत्वको सरकार छोड्नु उचित हुने बताएका छन् ।

झापाको क्षेत्र नम्बर १ (१) का प्रदेश सभा सदस्यसमेत रहेका तामाङले सामाजिक संजालमा लेखेका छन् ‘कोशी प्रदेश सरकारको एकलौटी रबैयाप्रति घोर बिमति छ । यस्तो सरकारमा रहनुभन्दा प्रतिपक्षी हुनुमा गर्व गर्छु ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्