झापा, बैशाख २४ । पहलगाम आक्रमणको बदलामा भारतले पाकिस्तानमा आक्रमण गरेको छ ।

बुधबार बिहान गरिएको आक्रमणमा अहिलेसम्म ३० जना मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ ।तर पाकिस्तानी सेनाले मुजफ्फराबाद क्षेत्रमा ८ जना मारिएको जनाएको छ । ‘अप्रेशन सिन्दूर’ नाम दिइएको आक्रमणमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर हवाई हमला गरिएको हो ।
पहलगाममा एक नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेको १५ दिनपछि भारतले पाकिस्तानमा रहेका आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै आक्रमण गरेको हो । बुधबार बिहान करिब पौने २ बजेतिर पाकिस्तान अधिनस्थ कश्मीरको बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबादमा आक्रमण गरिएको हो ।