झापा, बैशाख २५ । इलाममा एक महिला मृत फेला परेकी छन् ।

हिजो साँझ ६ः२० बजे इलाम नगरपालिका –९ गोलाखर्क बस्ने राजेन्द्र बराइलीकी श्रीमती ५४ वर्षीया माया बराइलीले आफ्नै घरको कोठामा चुकुल लगाई सुतेको अवस्थामा उनका छोरा २८ वर्षीय कमल बराइलीले बोलाउँदा नबोलेपछि ढोका खोली हेर्दा मृत अवस्थामा फेला परेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा टोली खटिएर सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी साँझ ७ः४५ बजे पोष्टमार्टमको लागि जिल्ला अस्पताल इलाम पठाएको जनाइएको छ।