झापा, बैशाख २५ । जलथल सव डिभिजन वन कार्यालयको आयोजनामा जलथल वनका उपभोक्ताहरुलाई वन संरक्षणसम्बन्धी जनचेतना प्रदान गरिएको छ ।

कचनकवल गाउँपालिका १ स्थित लक्ष्मी आधारभूत विद्यालयमा वन संरक्षण जनचेतना कार्यक्रमअन्तर्गत हिजो वृत्तचित्र प्रदर्शन गरिएको हो । पूर्वेली कलाकार संघका अध्यक्ष कसम खवासले निर्माण गरेको वृत्तचित्र प्रदर्शन गरिएको हो । ५६ मिनेटको सो वृत्तचित्रमा वन डढेलो , वन अतिक्रमण , काठ चोरी तस्करीलगायतका समस्याप्रति उपभोक्ताहरु जागरुक हुनुपर्ने देखाइएको छ । डिभिजन वन कार्यालय झापाको समन्वयमा मेची , कन्काई र बाहुनडाँगी सव डिभिजनअन्तर्गतका वन उपभोक्ताहरुलाई पनि सो वृत्तचित्र देखाइने पूर्वेली कलाकार संघका अध्यक्ष खवासले जानकारी दिए ।
देउराली चारकोशे सामुदायिक वन समूहका अध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सहायक वन अधिकृत कुमार कार्की , अधिकृत सोनाम लामा , वन रक्षक जितेन सिलुङ, लक्ष्मीस्थान सामुदायिक वनका हरिबहादुर बुढाथोकी , रामबहादुर कार्की , साधुप्रति सामुदायिक वनका खेमराज ढुंगाना , मनकामना सामुदायिक वनका इन्द्रबहादुर सुवेदी, विशाल सामुदायिक वनका भीमबहादुर तामाङ, कृष्ण गिरी , दियालो सामुदायिक वनका पदमबहादुर तामाङ, दशरथपुर सामुदायिक वनका अनिश घिमिरे , दिपज्योति सामुदायिक वनका विरेन राई , शिव लिम्बू , पाथिभरा सामुदायिक वनका प्रेम फागो ,दुर्गाभिट्टा सामुदायिक वनका प्रेमप्रसाद ढुंगाना , विक्रम कट्टेल , अभिमुक्तेश्वर सामुदायिक वनका डम्बर अधिकारी , राम अधिकारी , त्रिवेणी सामुदायिक वनका दधिराम घिमिरे , मनकुमार अधिकारी , पूर्व देउराली सामुदायिक वनका आइन्द्रकुमार चौहान, शान्तिबहादुर भट्टराई , देउराली चारकोशे सामुदायिक वनका दलबहादुर तामाङ, निर्मलकुमार तामाङ, सुरवीर तामाङलगायत गरी १३ वटा सामुदायिक वनका उपभोक्ताहरुको सहभागिता रहेको थियो ।