झापा,बैशाख २६ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घको अनुशासन समितिले निलम्बन गरेका केन्द्रीय सदस्यद्वय अशोकसिंह विष्ट र अनुराग शाहले संगठनका अध्यक्ष दुजाङ शेर्पा र अनुशासन समितिका संयोजक परोपकार अधिकारीलाई कारबाही गरिएको जनाएका छन् ।


विष्ट र शाहले आज संयुक्त विज्ञप्ति निकाल्दै २०३६ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनमा एउटा पनि सदस्य पनि जित्न नसकेको रत्न राज्यलक्ष्मी क्याम्पसमा सचिवसहित ५ सदस्य सहभागी गराउँदा सङ्गठन विरोधी काम गरेको भन्दै कारबाही गरिएको भन्दै आफूहरूले उल्टै कारबाही गरेको जनाएका छन् ।
उनीहरूले अध्यक्ष शेर्पा र सदस्य अधिकारीले सङ्गठन विरोधी गतिविधि गरेको भन्दै कारबाही गर्दै आजबाट लागू हुने गरी निलम्बन गरिएको जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्