झापा,बैशाख २६ । साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार बजारबाट शुक्रबार बिहान दस केजी गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् ।


भेडेटार चोकमा इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायब निरीक्षक रमेश प्रधानको कमाण्डमा खटिएको टोलिले गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
धनकुटा हिलेबाट इटहरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ४३२६ नम्बरको माईक्रो जाँच्ने क्रममा पछाडि डिक्कीमा रहेको जेब्रा झोलाबाट गाँजा बरामद गरिएको जनाइएको छ ।
जाँच गर्दा उक्त झोलाभित्र बोरामा प्याक गरी राखेको १० केजी लागुऔषध गाँजा फेला परेकोले जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । प्रारम्भिक अनुसन्धानका आधारमा सोही माइक्रो गाडीमा सवार सहिदभूमि गाउँपालिका–५ खोकु बस्ने ३१ वर्षीय उद्धव राईलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्