झापा, बैशाख २६ । भारत–पाकिस्तानबीचको द्वन्द्वले दुवैतर्फका क्रिकेट लिग पनि प्रभावित भएका छन् ।

पाकिस्तान सुपर लिग(पीएसएल) का बाँकी खेल दुबईमा सारिएको छ । त्यस्तै इन्डियन प्रिमियर लिग तत्कालका लागि १ हप्ता पछाडि धकेलिएको छ। भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) ले तत्काल १ हप्ताका लागि खेल स्थगित गरिएको जनाएको छ । खेलको नयाँ तालिका र स्थान पछि सार्वजनिक गरिने पनि बीसीसीआईले जनाएको छ ।
उता , पाकिस्तानमा पनि पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी म्याच दुबईमा सार्ने निर्णय गरिएको हो ।
इन्डियन प्रिमियर लिगको १८ औं सिजनमा अहिलेसम्म ५९ म्याच खेलाइएको छ । यो सिजनमा प्लेअफ र फाइनलसमेत गरी १५ वटा प्रतिष्पर्धा खेलाउन बाँकी रहेको छ ।