झापा , बैशाख २८ । झापाको कन्काई नगरपालिकामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

गएराति अन्दाजी ११ः२० बजे कनकाई नगरपालिका वडा नं. २ सुकेडाँगी बस्ने ३५ वर्षीय कविराज हेमरमले आफ्नो श्रीमती ३४ की पुजा हेमरमको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । कविराजले झगडा गरी आफू सुत्ने कोठामा श्रीमती पुजालाई खुकरीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि फरार भएका कविराजलाई सुरुङ्गा सडकबाट नियन्त्रणमा लिइएको छ । खुकुरी घटनास्थलबाट नियन्त्रणमा लिएको र शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्