झापा, बैशाख २८ । झापाको भद्रपुरस्थित मकैबारीका एकजनाको शव फेला परेको छ ।

भद्रपुर नगरपालिका –४ बद्रीगाउँस्थित मकैबारीमा निलो रङको हाफ पाइन्ट, कालो भेस्ट र बाँया हाथमा घडी लगाएको, उतानो परेको अबस्थामा तत्काल नाम, थर र बतन नखुलेको अन्दाजी ४० बर्षको पुरुषको शव फेला परेको हो ।

आज बिहान स्थानीयले देखेर प्रहरी चौकी महेशपुरमा जानकारी गराएका थिए । प्रहरी चौकी महेशपुरबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालयबाट टोली गएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्