झापा, बैशाख २८ । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् ।

गत चैत १५ गतेको तीनकुने घटनाको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

‘तीनकुने घटनाको अनुसन्धानका लागि उहाँविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उहाँ फरार हुनुहुन्थ्यो । आज सुकेधारा क्षेत्रबाट उहाँलाई पक्राउ गरिएको हो,’ एसपी बोहराले भने । बस्नेतलाई म्याद थपका लागि अदालत लगिएको छ ।
व्यवसायी दुर्गा प्रसाईंले अगुवाइ गरेर चैत १५ गते भाँडभैलो मच्चाएपछि राजावादीहरूको प्रदर्शन हिंस्रक बनेको थियो । प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको थियो । साथै दर्जनौँ गाडीमा आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्