झापा, बैशाख २८ । झापाको कचनकवलमा बाटोमा लडेर युवतीको मृत्यु भएको छ ।

आज बिहान ६ बजे कचनकवल – ३ दल्कीस्थित सन्थाल बस्ती बस्ने विदेन मर्डीकी छोरी २६ वर्षीया आस्मा मर्डी आफ्नै घरदेखि अन्दाजी २५ मिटर उत्तरमा रहेको बाटोमा लडेर मृत अवस्थामा फेला परेकी हुन् । उनका भाइ सफल मर्डीले देखेर शव घरमा ल्याएका थिए ।

घटनाबारे प्रहरी चौकी पथरियामा जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पथरियाबाट टोली गएको थियो । ती युवतीको बाहिरी चोटपटक केहि देखिएको छैन । अनुसन्धान एवं कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालयवाट टोली खटिएर अनुसन्धान शुरु गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्