झापा, बैशाख २९ । झापा शिबसताक्षीस्थित शुक्र माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक श्रीप्रसाद राजवंशीको निधन भएको छ ।

हाल जनआदर्श मावि शिवगञ्जका शिक्षक शिवसताक्षी– ६ शिवगञ्ज निवासी राजवंशीको करिव ५७ वर्षको उमेरमा गएराति १२.५ बजे अचानक निधन भएको हो । उच्च रक्तचापका कारण उनको निधन भएको बताइएको छ । आज बिहान ११ बजे कन्काई घाट शिवगञ्जमा उनको अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्