झापा , बैशाख २९ । हिजो साँझ आएको हावाहुरीले झापाको बाह्रदशीमा लगाइएको केराखेतीमा ठूलो क्षति पुगेको छ ।

साँझ ५.३० बजेतिर आएको हावाहुरीले बाह्रदशी गाउँपालिका वडा नं. ७ बत्तीसबिघेमा स्थानीय १५ घरधुरीले अन्दाजी ३० बिघा जग्गामा लगाएको केराको बोटहरु ढाली क्षति पुर्याएको हो । जसबाट अन्दाजी ५१ लाख बराबरको क्षति भएको छ । आज बिहान पीडितहरुले इलाका प्रहरी कार्यालय घैलाडुब्बामा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर स्थलगत रुपमा अवलोकन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।