झापा,बैशाख २९ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी भएको बताएका छन्।

सोमबार २५६९ औं बुद्व जयन्ती एवम् लुम्बिनी दिवस २०८२ को मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्। ’लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमि हो। बुद्व समस्त मानवताको साझा ज्योति हुनुहुन्छ,’उनले भने,’ बुद्धको ज्ञान कल्याणकारी छ। सबै प्राणीको हितका लागि प्रज्वलित छ।’
मन्त्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन,चिन्तन र मनन केन्द्रको रूपमा पहिचान गराउन सरकार प्रतिवद्व रहेको बताए। उनले लुम्बिनीको बृहत् हितका लागि अन्तर्राष्ट्रिय समितिलाई पुनः सक्रिय बनाउने विश्वास व्यक्त गरे।
मन्त्री पाण्डेले भने,’हामीबीच रहेका विभिन्न,धर्म,संस्कृति वा भिन्नता भन्दा माथि उठेर विश्व शान्तिको चिन्तन गरी सम्पूर्ण मानव जाति कल्याणको कामना गर्ने पावन भूमिको रूपमा स्थापित रहेको छ। लुम्बिनीका लागि हामीले चाल्ने प्रत्येक कदम सावधानी र सम्मानमा लागि अघि बढाउँदै यसको दिव्यता र पवित्रतालाई पुस्तौं पुस्तासम्म कायम गर्नु हाम्रो साझा कर्तव्य हो।’