झापा, बैशाख २९ । सवारी ज्यान मुद्धाका फरार प्रतिवादी इलाम चुलाचुली– ५ आँपझोला बस्ने ३४ वर्षीय कमल तामाङ १० वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला अदालत इलामको मिति २०७२ असार १७ गतेको फैसलाले उनलाई ६ दिन कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । खोजतलास गर्ने क्रममा प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरी टोलीले आज बिहान उनकै घरबाट तामाङलाई फेला पारेको हो । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाम ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्