झापा, बैशाख ३० । कंचनजंघा हिमाल आरोहणका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

शनिवार राति ११ बजे ताप्लेजुङको सिरिजंघा –८ याम्फुदिनस्थित कंचनजंघा हिमालको दक्षिणी आधार शिविरबाट आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६३ वर्षीया महिला मारगेटा मोरिङको मृत्यु भएको हो । उनलाई स्वासप्रस्वासमा समस्या उत्पन्न भएको थियो ।

घटनाबारे हिजो मात्र प्रहरीलाई जानकारी प्राप्त भएको हो। मृतक महिलाको शव करिब ७ हजार ५०० मिटरको उचाइमा रहेको जनाइएको छ । प्रहरीका अनुसार उक्त स्थान प्रहरी चौकी याम्फुदिनबाट करिब ७५ किलोमिटरको दूरीमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्