झापा, बैशाख ३० । शौचालय जाने क्रममा लडेर इलाममा एकजनाको मृत्यु भएको छ ।

८ दिनअघि बैशाख २१ गते साँझ ६ बजेतिर इलाम.नगरपालिका– ७ ट्याक्सी स्टेण्ड बस्ने ३८ वर्षीय भविन त्रिखत्री शौचालय जाने क्रममा अचानक लडेर घाइते भएका थिए ।

उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । हिजो दिउँसो २.२५ बजे घाइते त्रिखत्रीको उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्