झापा,बैशाख ३० । मोरङ जिल्ला कारागारको नवनिर्मित भवनको मङ्गलबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका छन् ।

नयाँ भवन उद्घाटनसँगै मोरङ कारागारमा कैदी बन्दी अटाउने क्षमता दोब्बर भएको छ ।

सङ्घीय सहरी विकास तथा भवन कार्यालय मोरङले ३५ करोड ४४ लाख ५१ हजार ८७४ रुपियाँ लागतमा करिब चार वर्ष समय लगाएर निर्माण गरेको भवन गृहमन्त्री लेखकले उद्घाटन गरेका हुन् ।

दुई वर्षभित्र सम्पन्न गर्नेगरी आशिष र आशीर्वाद स्वामिनारायण जेभी त्रियुगा, उदयपुरले २०७८ साल असार २४ गते ठेक्का सम्झौता गरी दुई वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो । तर समयमा काम सम्पन्न गर्न नसक्दा ६ पटक म्याद थपेर निर्माण सम्पन्न गरेको हो ।

महिला र पुरुषका लागि छुट्टाछुट्टै गरिएको भवनमा ३१७ जना कैदीबन्दी बस्न सक्ने क्षमता रहेको जानकारी उद्घाटनका क्रममा दिइएको छ । जसमा पुरुष कैदीबन्दी गृह २१८ जना अट्ने क्षमताको छ भने महिला कैदीबन्दी बस्ने भवन ९९ जना बस्न सक्ने क्षमताको रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्