झापा, बैशाख ३० । झापाको कन्काई नगरपालिकामा एउटा बेवारिसे मोटरसाइकल फेला परेको छ ।

आज बिहान अन्दाजी ८ः३० बजे कनकाई नगरपालिका वडा नं. ३ टप्पु चौकस्थित न्यौपाने फर्निचर अगाडी मे.४प ८४१४ नं.को १८० सि.सि.को सेतो रंगको अपाचे मोटरसाइकल बेवारिसे अबस्थामा फेला परेको हो ।

त्यसबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट टोली खटिएर उक्त मोटरसाइकल कार्यालयमा ल्याई राखिएको छ । मोटरसाइकलको चेचिस नं. D६३४KE६९C२C२३०७ रहेको छ भने इन्जिन नं. कोरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्