झापा , बैशाख ३१ । झापाको हल्दिवारीमा चर्पी बसेकै ठाउँमा एकजनाको मृत्यु भएको छ ।

घरमा एक्लै बस्दै आएका हल्दिबारी गाउँपालिका वडा नं.२ आसमानबारी बस्ने ४२ वर्षीय दिलबहादुर राजवंशी गएराति चर्पी गएका थिए । उनका दाई राजकुमार राजवंशीले आज बिहान चर्पी जान खोज्दा भित्रबाट ढोका बन्द रहेको र धेरै समयसम्म पनि ढोका नखोलेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी हल्दिवारीबाट प्रहरी टोली खटिएर ढोका फोरी हेर्दा चर्पी बसेकै ठाउँमा राजवंशी मृत फेला परेका थिए । कानुनी प्रकृया पुरा गरी उनको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्