झापा, बैशाख ३१ । संखुवासभामा घरायसी विवादलाई लिएर श्रीमतीले श्रीमानमाथि खुकुरी प्रहार गरेकी छन् ।

सोमवार राति १० बजे संखुवासभा मकालु गाउँपालिका –५ मांसीमा बस्ने ५० वर्षीय भयबहादुर गुरुङलाई उनकी श्रीमती ४४ वर्षीया कुसुम गुरुङले घरायसी विवादमा खुकुरी प्रहार गरेकी हुन् ।
बाँया छातीमा खुकुरी प्रहारबाट घाइते भयबहादुरलाई प्राथमिक स्वास्थ्य केन्द्र नुममा सामान्य उपचारपश्चात् थप उपचारको लागि जिल्ला अस्पताल खाँदबारी रेफर गरिएको छ । श्रीमानलाई खुकरी प्रहार गर्ने कुसुमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।