झापा,बैशाख ३० । रौतहटका पत्रकार फणिदेव महतको निधन भएको छ।

लामो समयदेखि ब्रेन ट्युमर रोगबाट पीडित ४८ वर्षीय महतको उपचारको क्रममा काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा गएराति निधन भएको हो।

रौतहटबाट दुई दशकभन्दा बढी समयदेखि महत पत्रकारिता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।
महतको श्रीमती र २ छोराछोरी रहेका छन्। महतको पार्थिव शरीर चन्द्रपुर नगरपालिकास्थित उनको घरमा राखिएको छ । उनको आजै अन्त्येष्टि गरिने परिवारका सदस्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्