झापा, जेठ १ । पाँचथरको मिक्लाजुङमा श्रीमतीलाई कुकुरले टोकेपछि आक्रोशित बनेका एक व्यक्तिले कुकुरधनीलाई नै खुकुरी हानेका छन् ।


हिजो बिहान १० बजे पाँचथर मिक्लाजुङ गाउँपालिका –३ देवीथान गैरीगाउँ बस्ने ५४ वर्षीय ललितबहादुर राईको कुकुरले छिमेकी ५४ वर्षीय सन्तबहादुर राईकी श्रीमती ४५ वर्षीया चन्द्रमाया मगर(राई)लाई टोकेको थियो । सोही बिषयमा विवाद हुँदा दिउँसो ४ः३५ बजे सन्तकुमारले कुकुरधनी ललितबहादुरको टाउकोमा खुकुरी प्रहार गरेका हुन् ।

टाउकोमा गहिरो चोट लागेर बोल्न नसक्ने गम्भीर अवस्थाका ललितबहादुरलाई उपचारका लागि झापातर्फ ल्याइएको छ । खुकुरी प्रहार गर्ने सन्तकुमारलाई खुकुरीसहित प्रहरी चौकी दशमी बजारले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्