बिर्तामोड, जेठ १ । झापाका १५ पालिकामध्ये सबैभन्दा बढी बेरुजु मेचीनगर नगरपालिकामा रहेको पाइएको छ ।


महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन २०८२ अनुसार मेचीनगरमा सबैभन्दा बढी बेरुजु रहेको पाइएको हो ।
बुधवार महालेखा परीक्षकको कार्यालयले ६२औँ बार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेको छ । महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन बुझाएका हुन् ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार मेचीनगर नगरपालिकामा सबैभन्दा बढी ६.११ प्रतिशत बेरुजु रहेको पाइएको हो । मेचीनगरमा २२ करोड ५६ लाख १२ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । मेचीनगरपछि सबैभन्दा बढी बेरुजु हुने दोस्रोमा कचनकवल गाउँपालिका रहेको छ । कचनकवलमा ४.५१ प्रतिशत अर्थात ६ करोड ४३ लाख १ हजार रुपैयाँ बेरुजु रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको बुद्धशान्ति गाउँपालिकामा ४.१० प्रतिशत अर्थात ६ करोड ४४ लाख ७२ हजार रुपैयाँ बेरुजु देखिएको छ । सबैभन्दा कम बेरुजु बाह्रदशी गाउँपालिकामा रहेको छ । बाह्रदशीमा ०.७२ प्रतिशत अर्थात ७५ लाख ६ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

बिर्तामोड नगरपालिकाको ३.२४ प्रतिशत अर्थात १० करोड ५५ लाख २८ हजार , भद्रपुर नगरपालिकाको २.९८ प्रतिशत अर्थात ६ करोड ३० लाख ५६ हजार , शिवसताक्षी नगरपालिकाको १.७६ प्रतिशत अर्थात ३ करोड ९७ लाख ९७ हजार , अर्जुनधारा नगरपालिकाको ३.४४ प्रतिशत अर्थात ६ करोड ३७ लाख १९ हजार , कन्काई नगरपालिकाको २.७९ प्रतिशत अर्थात ४ करोड ४१ लाख ४२ हजार , गौरादह नगरपालिकाको १.९२ प्रतिशत अर्थात ३ करोड ९७ लाख ३८ हजार , दमक नगरपालिकाको १.२७ प्रतिशत अर्थात ४ करोड १ लाख ८ हजार , गौरीगञ्ज गाउँपालिकाको १.५२ प्रतिशत अर्थात १ करोड ९६ लाख ३७ हजार , कमल गाउँपालिकाको १.९३ प्रतिशत अर्थात ३ करोड ७७ लाख ३८ हजार , झापा गाउँपालिकाको १.०२ प्रतिशत अर्थात १ करोड १५ लाख ३१ हजार र हल्दिवारी गाउँपालिकाको ३.२१ प्रतिशत अर्थात ४ करोड ३७ लाख ३४ हजार रुपैयाँ बेरुजु रहेको छ ।

अघिल्लो वर्ष सबैभन्दा बढी बिर्तामोड नगरपालिकाको र सबैभन्दा कम झापा गाउँपालिकाको बेरुजु रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्