झापा,जेठ १ । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको महत्वपूर्ण खेलमा नेपालले बहराइनमाथि डिएसएल मेथडमा ६ विकेटको जित निकालेको छ।

बिहीबार थाइल्यान्डमा भएको समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा नेपालले बहराइनलाई पराजित गरेसँगै समूहको शीर्ष स्थानमा रहेर सुपर–३ मा पुग्ने सम्भावना कायम राखेको हो।
थाइल्यान्डको बैंककमा वर्षाले प्रभावित खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनले ३ विकेटको क्षतिमा ७६ रन बनाउँदा खेल रोकिएको थियो।
वर्षा रोकिएपछि नेपाललाई डिएसएलको मेथडमा ७ ओभरमा ५६ रनको लक्ष्य दिइएको थियो। जुन लक्ष्य नेपालले ५.४ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो।
नेपालको जितमा कप्तान इन्दू बर्माले राम्रो ब्याटिङ गर्न सकिन्। उनले ७ बलमा नटआउट २४ रन जोड्दा नेपालको जित सम्भव भयो। उनले ४ चौका र १ छक्का प्रहार गरिन्। पाँचौ ओभरमा लगातार तीन चौका प्रहार गरेपछि नेपाल जित नजिक पुगेको थियो।
त्यसअघि ओपरन सम्झना खड्का ५ रनमा रनटआउट हुँदा रुबी पद्दारले १ रन मात्र बनाउन सकिन्। कविता जोशी शून्यमा आउट भइन् भने पूजा महतोले ११ बलमा २ चौका प्रहार गर्दै १३ रनको योगदान दिइन्।
जितसँगै नेपालले समूहमा चार खेलबाट ५ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ। यसअघि हङकङसँगको पहिलो खेल रद्द हुँदा नेपालले बहराइनविरुद्धको खेलमा ९ विकेटको जित निकालेको थियो। हङकङविरूद्धको दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो।