झापा, जेठ १ । धनकुटामा बिद्युतको तार खस्दा करेन्ट लागेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज दिउँसो ३ बजे धनकुटा नगरपालिका –८ शिवबेसी बस्ने ६८ वर्षीय मंगलसिंह राई खेतमा धान गोड्ने क्रममा अचानक बिद्युतको तार खसेर करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटामा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्