झापा, जेठ १ । बैंकिङ कसूरमा पक्राउ परी रिहा हुनेबित्तिकै झापा बिर्तामोडका भानु शिवाकोटी पुनः पक्राउ परेका छन् ।


अन्जली ओभरसिजका संचालक तथा वैदेशिक रोजगार व्यवसायी संघ झापाका पूर्व अध्यक्ष शिवाकोटी आज पुनः पक्राउ परी काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिर्तामोड– ३ का कुमार दाहालले ११ लाखको चेक बाउन्सको आरोपमा उजुरी दिएपछि शिवाकोटी आइतवार पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

दाहालसंगको मुद्धा मिलाएर रिहा हुनेबित्तिकै काठमाण्डौका अर्का एक व्यक्तिको चेक बाउन्सको उजुरीका आधारमा पुनः पक्राउ गरी काठमाण्डौ पठाइएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । शिवाकोटी यसअघि पनि चेक बाउन्सको आरोपमा काठमाण्डौमा पक्राउ परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्