झापा, जेठ २ । भत्ता थापेर घर फर्किदै गर्दा लडेर इलाममा एक बृद्ध घाइते भएका छन् ।

हिजो साँझ ५.३० बजे इलाम सूर्योदय नगरपालिका –५ ओरेन्ज भ्याली बस्ने ६८ वर्षीय मोहन लिम्बू श्रीअन्तु भन्ज्याङबाट बृद्धभत्ता थापेर घर फर्कने क्रममा मुना गोलाईमा लडिरहेको अवस्थामा फेला परेका हुन् ।
प्रहरी चौकी समाल्बुङको टोलीले उद्धार गरी वृद्धलाई फिक्कल अस्पतालमा भर्ना गरेको छ । उनको दाहिने खुट्टा र नाकमा चोट लागेको प्रहरीले जनाएको छ ।